National life

बीमाबिज्ञ डा. घिमिरेले औँल्याए पोलिसि सरेण्डर हुनुका २७ कारण (पुर्णपाठ सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ पुस २०८१, शुक्रबार
1.1kShares
बीमाबिज्ञ डा. घिमिरेले औँल्याए पोलिसि सरेण्डर हुनुका २७ कारण (पुर्णपाठ सहित)
ncell
काठमाडौं । जीवन बीमा कम्पनीहरूमा बीमा पोलिसी परित्याग अर्थात् सरेण्डर गर्नेको सङ्ख्या बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमार्फत ६ अर्ब १० करोड रुपैयाँ बराबरका ४५ हजार ६० वटा बीमा पोलिसी सरेण्डर भएको बीमाको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणकै तथ्याङ्कले देखाएको छ ।
यस्तै विभिन्न अध्ययन प्रतिवेदनहरूले पनि नेपाली जीवन बीमा उद्योगले पोलिसि सरेण्डरको रूपमा ठुलो चुनौतीको सामना गरिरहनुपरेको देखाएका छन् । जुन कोभिड–१९ महामारीको समयमा अझ चिन्ताजनक बनेको यस क्षेत्रका विज्ञहरूको भनाई छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसैबिच बीमाबिज्ञ डा.भरत सिंह थापा, डा. विलास तथा डा.रवीन्द्र घिमिरेले सयुक्त रुपमा तयार पारेर हालै मात्र प्रकाशन गरेको एक अध्ययन प्रतिवेदनले आम जनमानसमा बीमाको बारेमा ज्ञानको कमीजस्ता धेरै कारणहरूले पोलिसि सरेण्डर हुने क्रम बढेको उल्लेख गरेका छन् । यो अध्ययनमा नेपालको आर्थिक, सामाजिक, अभिकर्तासँगै सम्पूर्ण बीमा कम्पनीसँग सम्बन्धित विभिन्न चरहरूको अध्ययन गरी नेपालको जीवन बीमामा देखिएको पोलिसि सरेण्डर गर्नेमा प्रभाव पार्ने कारकहरूको जाँच गरिएको डा. घिमिरेको भनाई छ ।
बीमा पोलिसि सरेण्डरका बारेमा गरिएको यो अध्ययन नेपाली सन्दर्भमा पहिलो अनुसन्धान हो । यसका साथै यो अध्ययनमा बीमामा बढिरहेको पोलिसि सरेण्डरका घटनाहरूलाई कम गर्न बीमा कम्पनीहरू र एजेन्टहरू दुवैको महत्त्वपूर्ण भूमिकालाई हाईलाइट गरिएको छ ।
यस्तै बीमा क्षेत्रमा कोभिड–१९ महामारीले पारेको प्रभावका बारेमा समेत यो अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । डा. घिमिरेले काठमाडौं सहित नेपालका प्रमुख आठ सहर पोखरा, विराटनगर, वीरगन्ज, जनकपुर, बनेपा, भरतपुर र धनगढी लगायत मध्य पहाडी, भित्री तराई र तराईमा रहेका तीन ओटा सहरहरूलाई आधार मानेर उक्त अध्ययन प्रतिवेदन तयार पारेको बताएका छन् ।
जसमा अधिकारीले पोलिसि सरेण्डर हुनुमा प्रमुख २७ कारणहरू उल्लेख गरेका छन् । उनले बीमा गर्नका लागि परिवार र साथीहरूबाट लिएको सल्लाह, पोलिसिका बारेमा अपर्याप्त जानकारी, वित्तीय आवश्यकता, सम्बन्धित बीमा कम्पनीबाट सल्लाहको अभाव, कम्पनीको कमजोर सेवा, एजेन्टहरूद्वारा गरिने फलोअपमा कमी, प्रिमियम तिर्न नसक्नु, कम पारिवारिक आय, अन्य बीमा कम्पनी तथा एजेन्टहरूको सुझाव, अभिकर्ताहरूले पोलिसिको बारेमा दिएको गलत जानकारी, कम बोनस दर, लामो समयसम्म नवीकरण नगरिनु, नवीकरण गर्दा लाग्ने चर्को जरिवाना, अभिकर्तासँगको कमजोर सम्बन्ध तथा कम्पनीको छवि लगायतका यावत कारणहरूले गर्दा पोलिसि सरेण्डर हुने क्रम बढेको निष्कर्ष निकालेका छन् ।
यस्तो छ, डा. अधिकारीको अध्ययन प्रतिवेदनको पुर्णपाठ
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?