काठमाडौँ। मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा लक्ष्मी प्रसाद शर्मालाई नियुक्त गरेको छ ।
शर्मालाई कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले सीइओको जिम्मेवारी दिएको हो । भदौ ५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीइओ नियुक्त गरीएको कम्पनीले जनाएको छ ।



































