National life
cg eloctronics

खानी विभागकी तत्कालीन महानिर्देशक झा असक्षम ठहर, शिक्षा मन्त्रालयमा सरुवा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ भदौ २०८२, मङ्गलबार
1.3kShares
खानी विभागकी तत्कालीन महानिर्देशक झा असक्षम ठहर, शिक्षा मन्त्रालयमा सरुवा
ncell

काठमाडौँ । उद्योग मन्त्रालयले चार महिना अघि खानी विभागको महानिर्देशकमा पदोन्नति गरेकी मोनिका झालाई असक्षम ठहर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ।

२०७९ साल वैशाख २ गतेको उद्योग मन्त्रालयको निर्णयअनुसार महिलालाई प्राथमिकता दिने नीति अन्तर्गत तत्कालीन नायव महानिर्देशक झालाई पदोन्नति दिइएको थियो।

तर, विभागीय प्रमुखको भूमिकामा रहँदा आवश्यक कार्यक्षमता नदेखाएपछि मन्त्री परिषद्को २०८२ साउन २६ गतेको निर्णयले उनको सरुवा गरिएको हो। मन्त्रालयका स्रोतका अनुसार झाले खानी विभागको नेतृत्वका क्रममा कार्य सम्पादन क्षमतामा कमजोरी देखाएकी थिइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उच्च तहका पदाधिकारीहरूसँग हुने बैठकमा तयारीविहीन रूपमा उपस्थित भई अप्रासङ्गिक विषय उठाउने, सेवाग्राहीहरूसँग कामबाहेक अन्य विषयमा लामो समय बिताउने तथा मातहत कर्मचारीलाई अनावश्यक आरोप लगाउने प्रवृत्तिले विभाग अस्तव्यस्त बनेको मन्त्रालयको ठहर छ।

यतिमात्र नभई विभागमा आउने कर्मचारीहरूलाई सेवा दिनु अघि झाले पैसाको मोलमोलाइ गर्ने गरेको कुरा कानमा पुगेपछि उद्योगमैत्री उनीसँग सुरुदेखि नै रुष्ट बनेका थिए । मन्त्रालयका अधिकारीहरूले बताएअनुसार, उनले विभागीय प्रमुखको जिम्मेवारी पूरा नगरी व्यक्तिगत लाभ हुने काममा मात्र ध्यान केन्द्रित गरेकी थिइन्।

“महानिर्देशकको आदेश अरूले मान्नै पर्छ, तर आफू अरूको आदेश मान्दिन भन्ने अडानले विभागभित्र असन्तोष बढेको थियो,” स्रोतले जानकारी दिएको छ । मन्त्री परिषद्को निर्णयअनुसार अब उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत रहनेछिन्।

तर, सरुवा सामान्य प्रशासनिक प्रक्रिया भएको स्वीकार गर्न उनी अझै तैयार नभएको र मन्त्रालयका पदाधिकारीहरूप्रति आरोप लगाइरहेको बताइएको छ। अब उनको आगामी कार्यशैलीले मात्रै, उनी असक्षम ठहरिएकी हुन् वा होइनन् भन्ने कुरा प्रमाणित गर्नेछ।

यसबिच, शिक्षा मन्त्री रघुजी पन्त भने झाको शिक्षा मन्त्रालयमा सरुवा भएकोमा असन्तुष्टि रहेको बुझिएको छ। मन्त्रालयका कर्मचारीहरूको भनाइअनुसार उद्योग क्षेत्रकी उनी शिक्षा मन्त्रालयसँग मेल नखाने कर्मचारी हुन्।

“त्यसमाथी, झाको कार्यसम्पादनमा बारम्बार प्रश्न उठिरहेको सन्दर्भमा, मन्त्रालयका अधिकारीहरूले उनीसँग काम गर्न कठिन हुने अवस्था आउन सक्छ,” मन्त्रालय स्रोतले भन्यो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?