National life

माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिनु अघि कस्तो छ वित्तीय अवस्था हेरौं

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
608Shares
माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिनु अघि कस्तो छ वित्तीय अवस्था हेरौं
ncell

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज बिहीबार (असोज १९ गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारिमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको १५ प्रतिशत अर्थात, १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सर्वसाधारणलाई छुट्याएको मध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि १० प्रतिशत अर्थात, १ लाख ५० हजार कित्ता र सामूहिक लगानी कोषहरुलाई ५ प्रतिशत अर्थात्, ७५ हजार कित्ता शेयर बाँडफाँड गरी बाँकि रहेको १२ लाख ७५ हजार कित्ता शेयर तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता शेयर समेत थप गरी जम्मा १२ लाख ८४ हजार २०० कित्ता शेयर सर्वसाधारणहरुलाई निष्काशन गर्न लागेको हो ।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि कार्तिक २ गतेसम्म लम्बिनेछ । यस आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सीडीएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

औषत जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ । सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०२३ डिसेम्बर ८ सम्म बहाल रहनेछ ।

कस्तो कम्पनी हो ?

माथिल्लो मैलुङ खोला, कम्पनी ऐन, २०६३ अन्तर्गत २०६९ साउन ३० गते पब्लिक लिमिटेडमा दर्ता भई कारोबार सञ्चालक गर्दै आइरहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला का.म.न.पा वडा नं. ४, शंखपार्क, धुम्बाराहीमा रहेको छ।

यस कम्पनीले रसुवा जिल्ला, उत्तरगया गाउँपाालिका वडा नं.१ भई बग्ने मैलुङ खोलाको बहाव सदुपयोग हुने गरी १४.३ मे.वा. मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युत्तीय उर्जालाई यस आयोजनाको स्वीचयार्डबाट ११ कि.मि. लामो १३२ के.भी. को सिङ्गल सर्किट विद्युत प्रशारण लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको निर्माण भईरहेको नुवाकोट जिल्लाको पहिरेबेसी स्थित त्रिशुली थ्रि बि सब–स्टेसनमा पुर्याई राष्ट्रिय प्रशारण प्रणालीमा समाहित गरिने छ ।

हाल सम्ममा यस १३२ के.भी. प्रसारण लाइनको ८६ प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको छ । यस आयोजनाको विद्युत उत्पादन अनुमतीपत्र विद्युत विकास विभागबाट मिति २०६९ पुस २० गते मोल्निया पावर लि.को नाममा प्राप्त गरी मिति २०७४ जेठ २५ गते यस माथिल्लो मैलुङ खोला जलविद्युतको नाममा स्वामित्व हस्तान्तरण भएको हो । मिति २०६७ साउन २६ गते ऊर्जा मन्त्रालयबाट आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन स्वीकृत भएकोमा मिति २०७८ असार ७ गते पुरक प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयबाट स्वीकृत भएको छ ।

आयोजनाको विद्युत उत्पादन अनुमति पत्र विद्युत विकास विभागबाट मिति २०६९ पुसा २० गते प्राप्त भएको थियो ।

सो आयोजना निर्माण सम्पन्न हुँदा लाग्ने वास्तविक लागत २ अर्ब ५० करोड (ब्याज सहित) रुपैयाँ हुने अनुमान छ । आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ४८ लाख हुनेछ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.८६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.२९ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्ध–पत्रमा रहेको व्यवस्था अनुसार जारी पूँजीको १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा जारी पूँजीको १५ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप २५ करोड शेयर पूँजी बराबर आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दा तथा सर्वसाधारण नेपाली नागरिकहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु र सामुहिक लगानी कोष समेत) लाई बिक्री वितरण गरी कम्पनीको चुक्ता पूँजी १ अर्ब पुर्याउन रहेको छ ।

साथै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न । कम्पनीको प्रवन्ध–पत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न । यता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिन तथा आयोजना निर्माणको लागि रकम संकलन गर्नका लागि आईपीओ निष्काशन गरेको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा १ करोड ६४ लाखा घाटा

कम्पनीले गत आर्थिक वर्ष १ करोड ६४ लाख ६ हजार रुपैयाँ घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको अन्यसम्म ४९ लाख १६ हजार नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । त्यसैगरी, आगामी आर्थिक वर्षमा ८ करोड २२ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ८८ पैसा र प्रतिशेयर आम्दानी ४९ पैसा रहने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा वास्तविक प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ८५ पैसा रहेको छ ।

आगामी आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ १५ पैसा र प्रतिशेयर आम्दानी ८ रुपैयाँ २३ पैसा रहने प्रक्षेपण रहेको छ ।

पूँजी संरचना कस्तो?

आईपीओ निष्काशन पछि यस कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ । आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक शेयरधनीहरुको ७० प्रतिशत आयोजना प्रभावित क्षेत्रका शेयरधनीहरुको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत र आयोजनामा कार्यरत कर्मचारीहरुको ५ प्रतिशत कायम हुनेछ ।

सञ्चालक समितिको संरचना

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ७ जना सञ्चालक रहने व्यवस्था रहेको छ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रामेश्वर रिजाल रहेका छन् । त्यस्तै, कम्पनीका अन्य सञ्चालकहरुमा घन श्याम थापा, अजय कार्की, सरोज पैड्याल रहेका छन् ।

भावी योजना तथा रणनीति

कम्पनीको उद्देश्य माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना (१४.३ मे.वा.) निर्माण गरी संचालन गर्ने रहेको र अन्य जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्न सक्ने भएको हुँदा हाललाई कम्पनीको भावी योजना माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना (१४.३ मे.वा.) निर्माण कार्य २०८० असोज १४ गतेभित्र सम्पन्न गरेर यस आयोजनालाई सुचारु रुपमा सञ्चालन गर्ने र आयोजना निर्माणको क्रममा लिएका ऋण सुविधाहरु भुक्तानी गर्ने रहेको छ ।

त्यस्तै, कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने । कम्पनीको प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए बमोजिमका उद्देश्यहरु प्राप्तिका लागि व्यावसायिक रूपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने यसको भावी योजनाहरु रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?