काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ ।
कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो। हकप्रद निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
दोर्दी खोलाको हाल चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ ।
कम्पनीले यही पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्ने जनाएको छ ।
































