काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।
































