काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घट्दा चाँदीको भाउ भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यसको मूल्य २ लाख ९१ हजार ९०० रुपैयाँ थियो।
यता, चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै आज बजारमा सुन सस्तिँदा चाँदीको मूल्य भने उकालो लागेको छ।































