काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो।
शुक्रबार प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर २ लाख ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ।
शुक्रबार ४ हजार ६ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ६ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।





























