काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार एकैदिन ८ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार उक्त मूल्यमा ८ हजार ८ सय रुपैयाँ कमी आएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबार घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७६५ रुपैयाँ रहेको चाँदीको मूल्य १८५ रुपैयाँले घटेर आज ४ हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
































