National life

अधिक तरलता बढेसँगै ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक, २ बजे बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
749Shares
अधिक तरलता बढेसँगै ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक, २ बजे बोलकबोल
ncell

काठमाडौँ। अधिक तरलता बढेसँगै नेपाल राष्ट्र बैंकले आज पुनः बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ४० अर्ब रुपैयाँ प्रशोचनको गर्न लागेको हो।

बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १२ दिनका लागि निक्षेप सङ्कलन गर्न लागेको हो। अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजे बोलकबोल गर्न सकिने बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी पुस २१ गते हुनेछ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्ने गर्छ।

यो समाचार शेयर गर्नुहोस्
749SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?