National life

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब उठाउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.5kShares
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब उठाउँदै
ncell

काठमाडौँ । बैंकिङ प्रणालीमा बढेको तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट २० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ४४ दिनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम उठाउन लागेको हो।

राष्ट्र बैंकका अनुसार यस प्रक्रियामा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम माग गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँका दरले भाग जाने गरी आवेदन दिन पाइने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield


यस निक्षेप संकलनमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन योग्य छन्। संकलित रकमको साँवा तथा ब्याज आगामी असार ५ गते भुक्तानी गरिने बताइएको छ।


बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम राख्न तथा मौद्रिक स्थायित्व सुनिश्चित गर्न केन्द्रीय बैंकले समय–समयमा यस्ता उपायहरू अवलम्बन गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?