National life

केन्द्रीय बैंकद्वारा चालु आर्थिक वर्षको दुई महिनामा ६६ खर्ब बढी तरलता प्रशोचन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
1.5kShares
केन्द्रीय बैंकद्वारा चालु आर्थिक वर्षको दुई महिनामा ६६ खर्ब बढी तरलता प्रशोचन
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा नेपाल राष्ट्र बैंकले ६६ खर्ब भन्दा बढी तरलता प्रशोचन गरेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत ६६ खर्ब ९५ खर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको  तथ्यांकमा उल्लेख छ ।

बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४ खर्ब २४ अर्ब ७५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ६२ खर्ब ७० अर्ब ४० करोड रुपैयाँ गरी कुल ६६ खर्ब ९५ अर्ब १५ करोड तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले जनाएको छ ।

गत वर्षको सोही अवधिमा बैंकले ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरूमार्फत खुद ३ खर्ब ६२ अर्ब ३६ करोड तरलता प्रवाह गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु)  बाट अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी १ खर्ब ११ अर्ब ९७ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?