National life

तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ३० अर्ब तान्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०६ जेठ २०८३, बुधबार
1.6kShares
तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ३० अर्ब तान्दै
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरण अन्तर्गत निक्षेप संकलन प्रक्रिया प्रयोग गर्दै उक्त रकम ९१ दिनका लागि उठाउने योजना बनाएको हो। राष्ट्र बैंकका अनुसार, इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन पाइनेछ भने ५ करोड रुपैयाँले भाग लाग्ने गरी रकम प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस प्रक्रियामा केन्द्रीय बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। संकलित रकमको मूलधन तथा ब्याज भुक्तानी आगामी भदौ ३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।













यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?