National life

तरलता व्यवस्थापन गर्न आज ५० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक, ३ बजे बोलकबोल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ फागुन २०८१, बुधबार
932Shares
तरलता व्यवस्थापन गर्न आज ५० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक, ३ बजे बोलकबोल हुने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम खिच्न लागेको हो ।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको चैत २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । फागुन लागेपछि केन्द्रीय बैंकले यो नवौं पटक तरलता खिच्ने भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
932SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?