National life

बैंक वित्तीय संस्थामा पर्याप्त तरलता, कर्जा प्रवाह भने ३० अर्बमै सीमित

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३० असोज २०८२, बिहिबार
1.4kShares
बैंक वित्तीय संस्थामा पर्याप्त तरलता, कर्जा प्रवाह भने ३० अर्बमै सीमित
ncell

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास सकिनै लाग्दा पनि बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा प्रवाह प्रायः ठप्प छ, तर लगानीयोग्य रकम भने इतिहासकै उच्च स्तरमा थुप्रिएको छ। हाल वित्तीय प्रणालीमा करिब ११ खर्ब ६१ अर्ब रुपैयाँ अधिक तरलता रहेको देखिन्छ छ ।

प्रयाप्त मात्रामा तरलता हुँदा पनि बैंकहरू भने नयाँ कर्जा दिन हिचकिचाइरहेका छन्। साउनदेखि असोज २६ गतेसम्मको तथ्यांक हेर्दा करिब तीन महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले जम्मा ३० अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
देशमा भएको जेन्जी आन्दोलनपछि सिर्जित असहज वातावरणले बजारको आत्मविश्वास कमजोर पारेको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार, असोज २६ सम्म कुल निक्षेप ७४ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५६ खर्ब २१ अर्ब रुपैयाँ मा सीमित छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) घटेर ७४.५९ प्रतिशत मा झरेको छ !

गत साउनमा १० खर्ब १२ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेकोमा असोजसम्म बढेर ११ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ।  अघिल्लो आर्थिक वर्षको औसत तरलता (६ खर्ब रुपैयाँ) भन्दा दोब्बर बढी। तीन महिनामा मात्र निक्षेप १ खर्ब ४० अर्बले बढ्दा, कर्जा विस्तार भने नगण्य रूपमा बढेको छ।

राष्ट्र बैंकले यो वर्षका लागि १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य तोकेको छ, जसअनुसार करिब ६ खर्ब ८२ अर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह हुनुपर्ने थियो। तर पहिलो त्रैमासमै कर्जा विस्तार ३० अर्बमै सीमित रहँदा यो लक्ष्य अत्यन्तै चुनौतीपूर्ण देखिएको छ। अत्यधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले दसैंपछि मात्र बजारबाट १६० अर्ब रुपैयाँ तानेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?