National life

आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक, ३ बजेबाट बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
783Shares
आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक, ३ बजेबाट बोलकबोल
ncell

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज बैशाख ७ गते आइतवारका दिन बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । आज ३० अर्ब रुपैयाँ झिक्न लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी वैशाख २८ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सकिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
783SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?