National life

२५ अर्ब तान्दै राष्ट्र बैंक: बैंकहरूका लागि अवसर

बजारको तरलता घटाउन राष्ट्र बैंक सक्रिय, आजै बोलकबोल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१५ साउन २०८३, शुक्रबार
1.2kShares
२५ अर्ब तान्दै राष्ट्र बैंक: बैंकहरूका लागि अवसर
ncell

काठमाडौं । बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले शुक्रबार २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागका अनुसार ६१ दिन अवधिको उक्त उपकरणमार्फत अतिरिक्त तरलता प्रशोचन गरिनेछ।

इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेश गर्न सक्नेछन्। सोही दिन उपकरण निष्कासन हुनेछ भने सावाँ र ब्याज भुक्तानी आगामी असोज १४ गते हुने तय गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानीकर्ताले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् भने ५ करोड रुपैयाँले भाग जाने गरी अधिकतम आह्वान रकमसम्म आवेदन दिन मिल्नेछ। ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने र कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखेर रकम बाँडफाँड गरिनेछ। समान दर भएमा ‘प्रो–राटा’ आधारमा वितरण गरिने राष्ट्र बैंकले जनाएको छ।

यस उपकरणमार्फत संकलित रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपातमा भने समावेश गर्न पाइनेछ। साथै, उक्त निक्षेपलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ तर परिपक्वता अवधि अघि भुक्तानी नहुने स्पष्ट गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?