National life

राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्दै

अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले १ महिने निक्षेप संकलन उपकरणमार्फत रकम खिच्न लागेको

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२७ साउन २०८३, बुधबार
1.3kShares
राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्दै
ncell

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः ठूलो रकम निक्षेप संकलनमार्फत खिच्ने भएको छ। केन्द्रीय बैंकले आज साउन २७ गते बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्न लागेको हो।

अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले १ महिने निक्षेप संकलन उपकरणमार्फत रकम खिच्न लागेको जनाएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम ५ करोड रुपैयाँले भाग जाने गरी प्रस्ताव गर्नुपर्नेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा हुनेछ। सहभागी संस्थाले बहु ब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन्।

उक्त बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। १ महिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी भदौ ३१ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?