National life

आज ५६ दिनका लागि थप ८० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ साउन २०८२, बुधबार
726Shares
आज ५६ दिनका लागि थप ८० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दै राष्ट्रबैंक
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधवार बजारबाट थप ८० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपत्कालीन रूपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।

बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी चार दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असोज १ गते हुने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधवार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।

गत साउन ४ गते मात्र ५० अर्ब तानेको बैकले पुनः ५६ दिनका लागि ८० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर रूपमा आइतबार र बुधवारका दिन तरलता खिच्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?