National life
cg eloctronics

कजारियाको एचडि पोलिस्ड टायल नेपालमा सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
1.3kShares
कजारियाको एचडि पोलिस्ड टायल नेपालमा सार्वजनिक
ncell

काठमाडौँ । भारतीय टायल कम्पनी कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एचडि पोलिस्ड टायल (६०x१२० सेमी) सार्वजनिक गरेको छ। नेपालमा पहिलोपटक केवल कजारियामा मात्र उपलब्ध यो विशेष टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको कम्पनीले जनाएको छ।

विश्वस्तरीय मापदण्ड अनुसार नवीनतम प्रविधिद्वारा निर्मित, एच.डि पोलिस्ड टायल विशेषगरी भित्री सतहका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ । कम्पनीले जनाएअनुसार टायलमा उच्च गुणस्तरीय प्रिन्ट र सुपर स्मूथ फिनिश रहेको छ । टिकाउ, घिसावट प्रतिरोधी र न्यून पानी सोस्ने क्षमता भएको यो टाइल ५ तारे होटल, लक्जरी मल, उच्चस्तरीय शोरूम तथा अन्य प्रिमियम इनडोर स्पेसहरूको लागि उत्कृष्ट रोजाइ हुने कम्पनीले दाबी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“यो केवल टायल होइन । विलासिताको अनुभव हो। नेपालमा यस्ता उच्च गुणस्तरको उत्पादन पहिलो पटक ल्याउन पाउँदा हामी गर्व गर्छौं। यो टायल शहरी क्षेत्रमा पहिले नै लोकप्रिय बनिसकेको छ र अब हामी नेपालका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई यस टायल मार्फत गुणस्तरमा नयाँ मापदण्ड प्रदान गर्न उत्साहित छौं,” कजारिया रामेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने । कजारिया रामेश टाइल्स लिमिटेडले ३ हजारभन्दा बढी डिजाइनलाई विकल्पका रूपमा प्रस्तुत गरेको छ ।

नेपालभर कम्पनीको ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी डिलरहरूको नेटवर्क रहेको छ । कजारियाका ३०x३० सेमी, ३०x६० सेमी, ३०x४५ सेमी, ६०x६० सेमी, ६०x१२० सेमी र १९.५x१२० सेमी आकारका वाल तथा फ्लोर टाइल्स पनि नेपाली बजारमा उपलब्ध छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?