National life

अझै पनि दोहोरो कर तिर्छन् शेयर लगानीकर्ता,बोनस शेयरमा भाउ समायोजन हुने भएपछि किन तिर्ने ट्याक्स ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ असोज २०८०, सोमबार
1.5kShares
अझै पनि दोहोरो कर तिर्छन् शेयर लगानीकर्ता,बोनस शेयरमा भाउ समायोजन हुने भएपछि किन तिर्ने ट्याक्स ?
ncell

काठमाडौं । शेयर बजारका लगानीकर्ताले सरकारलाई वर्षैदेखि दोहोर कर बुझाउदै आएको छन् । कुनै कम्पनीले नाफाबाट बोनस शेयर घोषणा गर्यो भने उक्त बोनस वापत सरकारलाई सीमित कर तिर्नु पर्छ । जबकी पूँजी बजार विकास भएको देशमा यसरी बोनस शेयरमा ट्याक्स काट्ने व्यवस्था हुँदैन ।

पछिल्लो समय लगानीकर्ताका लागि भनेर खोलिएका संघ संगठनहरुले यस विषयमा कुरा उठाउनै छाडेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बेला बेला दोहोरो कर खारेज गर्न माग गर्दै आएपनि उनीहरुले निरन्तर दबाबा दिने गरेको देखिंदैन । तर सरकारले भने लगानीकर्तालाई दोहोरो कर लिन छाडेको छैन ।

गत आर्थिक वर्षको नाफाबाट कम्पनीहरुले धमाधम प्रतिफल घोषणा गर्न सुरु गरेका छन् । यस अवधिसम्म आइपुग्दा वाणिज्य बैंकमध्ये माछापुच्छ्रे, सानिमा, एभरेष्ट, एनआइसी एशिया र सिटिजन्स बैंकले लाभांश प्रस्ताव गरेका छन् । यता, युनिक नेपाल लघुवित्तले पनि शेयरधनीलाई बोनस शेयर घोषणा गरेको छ । बोनस घोषणा गर्ने कम्पनीहरुले कर प्रयोजन सहित भनेर नगद लाभांश छुट्याउने गरेका हुन्छन् । यदि कम्पनीले नगद छुट्याएको छैन भने लगानीकर्ता स्वयमले नै कर तिर्नु पर्छ । अन्यथा, उक्त बोनस शेयर डिम्याट खातामा जम्मा हुँदैन ।

यति हुँदाहुँदै पनि सरकारले यसबारे कुनै ठोस कदम चालेको छैन । बैंक तथा वित्तीय संस्थाको ऐनमा लाभांश भन्नाले नगद लाभांश, अन्तरिम लाभांश वा बोनस शेयर सम्झनुपर्ने भनेर लेखिएको छ । तर बोनस शेयर भनेको पूँजी हो र पूँजीमा कर लगाउन नहुने जानकारहरु बताउँछन् ।

सरकारले बोनस शेयरमा कर लगाएपछि फेरि उक्त शेयर लगानीकर्ताले नाफामा बिक्री गर्दा पूँजीगत लाभ भनेर सर्ट ट्रममा ७.५० प्रतिशत र लङ ट्रममा ५ प्रतिशत ट्याक्स तिर्नु पर्छ । पूँजीगत लाभमा कर लगाए पनि बोनस शेयरमा ट्याक्स तिर्नु अन्तराष्ट्रिय अभ्यास विपरित रहेको जानकारहरुले बताउछन् ।

जुन कुनै देशमा पूँजीगत लाभकर नाफामा शेयर बिक्री गरेपछि मात्र तिर्नुपर्ने हुन्छ । तर नेपालमा भने लगानीकर्ताले नाफा नै नभई कर बुझाउने गरेका छन् । प्रायः देशमा पूँजीगत लाभ नै नभई कम्पनीले वितरण गरेको बोनस शेयरमा कर कटाउने व्यवस्था छैन । तर नगद लाभांशमा भने ट्याक्स कटाइन्छ ।

शेयर बजारका एक जानकारले सरकारले पूँजीमै कर लगाउने गरेको बताए । उनले भने, ‘कम्पनीहरुले बोनस दिँदा ट्याक्स लगाइन्छ, फेरि पछि त्यो शेयर बिक्री गर्दा पनि पुनः नाफामा पूँजीगत लाभकर भनेर कर काटिन्छ, त्यसरी जहिले पनि डबल ट्याक्स हुन जान्छ।’

उनले यो लगानीकर्ताका लागि दोहोरो कर भएको बताए । ‘कसैले शेयर खरिद गर्यो भने ट्याक्स त लाग्दैन नी । बोनस शेयर भनेको कम्पनीले हामीलाई नाफाबाट दिने रकम आफैंले राखेर बोनस दिएको हो । वास्तवमा हामीले त्यो शेयर एक किसिमले किनेको नै हो । हाम्रोमा बोनस शेयरलाई क्यास डिभिडेन्ड जस्तो मानेर कर लगाइन्छ,’ उनले भने ।

सरकारले अन्तर्राष्ट्रिय अभ्यास नजानेर यस्तो भएको ती जानकाले बताए । ‘हाम्रो सरकार आफू बुझ्दैन अनि अरुले भनेको पनि सुन्दैन । बोनस शेयर भनेको पूँजी हो । नगद लाभांश लिएको भए ट्याक्स जसरी पनि तिर्नुपर्छ । कम्पनीको पैसा जहाँको त्यही रहन्छ उसले त्यसको बदलामा हामीलाई शेयर दिएको हो । यसरी बोनस शेयरमा ट्याक्स लगाउनु सबै गलत अभ्यासहरु हुन्’, उनले भन्छन् ।

नेपालको अभ्यास अनुसार कुनै कम्पनीले बोनस शेयर वितरण गरेपछि त्यसको शेयर मूल्य समायोजन हुन्छ । यदि कुनै कम्पनीको बजार मूल्य बुक क्लोजको अघिल्लो दिनको १२० सय रुपैयाँ छ र त्यो कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण गरेको छ भने उक्त कम्पनीको शेयर मूल्य समायोजन भएपछि १०० रुपैयाँ कायम हुन्छ ।

यदि कसैले १ सय कित्ता शेयर १२० सय रुपैयाँका दरले खरिद गरेको छ भने उसको लगानी १२ हजार रुपैयाँ पर्न जान्छ । बोनससहित उसँग १२० कित्ता शेयर पुग्न जान्छ । मूल्य समायोजनपछिको १०० रुपैयाँलाई १२० कित्ताका दरले हिसाब गर्दा १२ हजार रुपैयाँ नै हुन पुग्छ । त्यसैले बोनस शेयरमा कुनै लाभ नभएको स्पष्ट छ ।

बिजय फुयाँल

https://aarthikvoice.com/archives/12387

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?