National life

आईएमई लाइफको आईपीओमा ओभरसस्क्राइब, एकदिन अघिसम्म कति पर्यो आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
709Shares
आईएमई लाइफको आईपीओमा ओभरसस्क्राइब, एकदिन अघिसम्म कति पर्यो आवेदन ?
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओमा आइतबारसम्ममा २१ लाख १५ हजार कित्ता बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार बेलुका ५ बजेसम्मा ९ लाख ४० हजार ८१२ जनाले कूल १ करोड १७ लाख ६९ हजार ५० कित्ताका लागि आवेदन दिएका हुन् । यो कम्पनीले माग गरेभन्दा २१ लाख ६९ हजार ५० कित्ता बढी आवेदन हो ।

कम्पनीले यहीँ असार २१ गतेदेखि सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले कूल १ करोड २० लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि बिक्री गरेर बाँकी रहेकोमध्ये ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।

असार २५ गतेसम्म जारी कम्पनीको सेयरमा एकदिन अघिनै २२.५९ प्रतिशत बढीले ओरसब्क्राइब भएको हो ।

यद्यपि, इच्छुक लगानीकर्ताले भोलि बेलुका ५ बजेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम् १० हजार कित्तासम्मका लागि कम्पनीको आईपीओका लागि आवेदन दिन सक्नेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?