National life

आईएमई लाइफको लगानीकर्तालाई नझुकिन सीईओ आचार्यको आग्रह 

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
843Shares
आईएमई लाइफको लगानीकर्तालाई नझुकिन सीईओ आचार्यको आग्रह 
ncell

काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्सले हालै सार्वजनिक निष्काशन गरेको शेयर बुधबार लगानीकर्ताको खातामा आयो ।  शेयर निष्काशन गर्दा १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६.९१ रुपैयाँमा  किनेको शेयर खातामा आउँदा भने प्रति कित्ता १ सय रुपैयाँको दरले १ हजार रुपैयाँ मात्र आएपछि कतिपय नयाँ सर्वसाधारण लगानीकर्ता अन्योलता देखिएको छ ।

वास्तवमा आइपीओमा परेको शेयर पहिलोपटक सूचीकृत हुँदा अंकित मूल्यको आधारमा डिम्याट खातामा देखाउने गरिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जतिसुकै प्रिमियम तिरेर आइपीओ भरेको भए पनि प्रति कित्ता अंकित मूल्य १ सय गुणा १० कै आधारमा डिम्याटमा देखिने हो । आईएमई लाइफ इन्स्योरेन्सको शेयर डिम्याट आउँदा भएको पनि यही हो । सेकेन्डरी मार्केटमा किन्दा भने जुन मूल्यमा शेयर किनेको हो, त्यही आधारमा डिम्याटमा देखिन्छ ।

केही नयाँ  लगानीकर्ता झुकिएको हुनाले उनीहरूलाई स्पष्ट पार्नका लागि हामीले  सीडीएस एण्ड क्लियरिङ लि का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यलाई सम्पर्क गरी सोध्यौ उनले आइपीओमा परेको शेयर पहिलोपटक सूचीकृत हुँदा अंकित मूल्यको आधारमा डिम्याट खातामा देखाउने हुनाले लगानीकर्तालाई नझुकिन आग्रह गरेका छन्।

‘शेयर प्रति कित्ता भ्यालु १०० रुपैयाँ  कै हो। प्रिमियम भनेको कम्पनीले नाफा कमाएको भएर प्रिमियममा दिएको हो।   शेयरको भ्यालु चाही १०० रुपैयाँ नै हो।  तर मुनाफा गरे बापत कम्पनीले राम्रो नाफा गरेकोले प्रिमियममा दिएको हो ।  फेस भ्यालु १०० रुपियाँ नै हुन्छ। १०० मै गणना गरेर बोनस दिने हो।’ लगानीकर्तालाई  स्पष्ट पार्दै सीईओ आचार्यले भने।

आइतबार कारोबार हुने बेलामा कति रेन्चमा खुल्छ। आइतबार कारोबार भए पछि  कोल्जिंग मुल्यको आधारमा  १०० रुपैयाँबाट परिवर्तन हुन्छ आर्थिक भ्वाइसलाई आचार्यले बताए।

कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने व्यवस्था छ । तर, आज  शुक्रबार परेकोले आइएमई लाइफ इन्स्योरेन्सको सेयर आउँदो आइतबारबाट कारोबारमा आउने छ ।

नेप्सेमा आइएमई लाइफको १०० अंकित दरका कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता ९७ (प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता ९३ (प्रतिशत) छन्।

नेप्सेले आइएमई लाइफलाई ‘आईएलआई’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १७६.५३ रुपैयाँदेखि अधिकतममा ५२९.५९ रुपैयाँ तोकेको छ ।

आउँदो आइतबार स्पेसल प्रि–ओपन सेसनमा आइएमई लाइफ इन्स्योरेन्सको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
843SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?