National life

निर्जिवन बीमा कम्पनीहरुकोे कुल बीमाशुल्क आर्जन साढे १० अर्ब, कुनको कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
856Shares
निर्जिवन बीमा कम्पनीहरुकोे कुल बीमाशुल्क आर्जन साढे १० अर्ब, कुनको कति ?
ncell

काठमाडौं । नर्जिवन बीमा कम्पनीहरुले पहिलो त्रैमासको अवधिसम्ममा झण्डै साढे १० अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा १० अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन ।

नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिसम्ममा सगरमाथा लुम्बिनी इनस्योरेन्स कम्पनीले सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दोस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले यस अवधिमा १ अर्ब ६ करोडरुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। तेस्रोमा रहेको शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा १ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९४ करोड ८३ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८६ करोड १५ लाख रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले ८४ करोड ३ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले ७० करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले ६७ करोड ५५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ४८ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २० लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ५९ करोड ५४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५६ करोड ५८ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले ५२ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले ३७ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
856SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?