National life

पशुधनको बीमा नविकरण गर्न बीमकलाई बीमा प्राधिकरणको निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
492Shares
पशुधनको बीमा नविकरण गर्न बीमकलाई बीमा प्राधिकरणको निर्देशन
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पशुधन बीमा अन्तर्गतका विभिन्न प्रजातिको बीमा र नविकरण गर्न निर्देशन दिएको छ । प्राधिकरणले साउन १ गतेदेखि जारी गरेको पशुधन बीमालेखमा नसमेटिएका पशुधन बीमा अन्तर्गतका विभिन्न प्रजातिको बीमा र नविकरण गर्न आग्रह गरेको हो ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई हालको व्यवस्था अनुसार सुंगुर, बंगुर, खच्चड तथा पशुश्रमका लागि प्रयोग गरिने प्रजातिको बीमा जोखिम बहन हुने गरी बीमालेख नविकरण गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले साउन १ गतेदेखि जारी गरेको पशुधन बीमालेखमा यी प्रजातीका पशु समेटिएको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यी प्रजातिको पशुधनका लागि छुट्टै बीमालेख जारी नभएसम्मका लागी हाल प्रचलनमा रहेको पशुधन बीमालेख अन्तर्गत नै जोखिम समावेश हुने गरी बीमा गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

साउन १ गतेदेखि लागू हुने गरी कृषि तथा पशुपन्छी बीमा अन्तर्गत पशुपन्छी बीमा तर्फ पशुधन बीमालेख संशोधन गरिसकेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?