National life

आगामी गभर्नर त्यस्तो होस जसको ज्ञान, क्षमता र व्यवस्थापन देखेर आलोचना गर्ने ठाउँ नभेटियोस्

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ चैत २०८१, आइतबार
802Shares
आगामी गभर्नर त्यस्तो होस जसको ज्ञान, क्षमता र व्यवस्थापन देखेर आलोचना गर्ने ठाउँ नभेटियोस्
ncell

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएर बर्खास्त भएसँगै सरकार नयाँ गभर्नर चयनको अन्तिम समयमा आएको जनाएको छ । सम्भवतः सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले नयाँ गभर्नरको टुङ्गो लगाउने देखिएको छ ।

गभर्नर बन्ने होडबाजीमामा आकांक्षीहरूको दौडधुप तथा बेचैनी पनि बढ्दो छ। नेपालमा हाल भएका नियामक निकायहरूमध्ये सबैभन्दा बढी स्वायत्त, कानुनी तथा जनशक्ति एवं प्राविधिक रूपमा पनि सक्षम तथा देखिने गरी नियामकको भूमिकामा संलग्न केन्द्रीय बैंक अन्य नियामक निकायभन्दा बढी नै महत्त्वपूर्ण पनि छ।

देशको मौद्रिक नीति निर्माण गर्ने, आर्थिक वृद्धिका लागि आवश्यक मुद्रा बजारमा प्रवाह गर्ने र महँगीलाई सरकारको नियन्त्रणभित्रै राख्ने तीन महत्त्वपूर्ण जिम्मेवारी केन्द्रीय बैंकसँग छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसर्थ यसको नेतृत्वमा कस्तो व्यक्ति आउला भन्ने आम जिज्ञासाको विषय बनेको छ ।

गभर्नर बन्न हाल बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत (सीइओ), राष्ट्र बैंककै केही पूर्वकार्यकारी निर्देशकहरू तथा केही पूर्व प्रशासकहरू केन्द्रीय बैंकको १८औँ गभर्नरको दौडमा देखिन्छन्।  तथापि चर्चामा रहेका यी अनुहारहरू गभर्नरको निमित्त सक्षम छन् वा छैनन् भन्ने अर्को प्रश्न खडा भएको छ । यसर्थ अबको गभर्नर कस्तो भएको खण्डमा हाम्रो बैंक वित्तीय क्षेत्र लगायत समग्र समस्याको समाधान हुन्छ भनेर आर्थिक भ्वाइसले अर्थविद् दिल्लीराज खनाललाई सोधेको छ। प्रस्तुत छ खनालको धारणा ।

कस्तो गभर्नर चाहिन्छ

यस सन्दर्भमा मापदण्डको कुरा त आवश्यक छ नै त्यसबाहेक पनि मुख्यता विषयवस्तुको पर्याप्त ज्ञान भएको हुन जरुरी छ । त्यो सँगै अनुभव पनि सँगै जोडिएर आउँछ । राष्ट्रबैंक बैंकहरुको पनि बैंक हो । यसको सञ्चालन र व्यवस्थापनको विषय चुनौतीपूर्ण छ । यसका लागि आगामी गभर्नरमा व्यवस्थापकीय क्षमता हुन जरुरी छ । त्यसको लागी उक्त व्यक्तिसँग अन्तर्राष्ट्रिय सेक्टरको समेत बैंक वित्तीय गतिविधि विषयमा जानकारी हुन जरुरी छ ।

त्यस्तै, राजनीतिक आग्रह पूर्वाग्रह नराखी राष्ट्र बैंकलाई उचाइमा लैजान सक्ने दक्ष र योग्यलाई नेतृत्वले छान्नुपर्छ र नेतृत्वमा आउनुपर्छ भन्ने हो । गभर्नर बन्न चाहनेले आफ्नो व्यक्तिगत स्वार्थ नराखिदिए मात्रै पनि धेरै सहयोग पुग्छ । बोल्ड डिसिजन गर्ने क्षमता चाहिन्छ लिडर सीपमा हुन आवश्यक छ भन्ने लाग्दछ ।

विज्ञान प्रविधिको युगमा बाचेको हामी प्रविधिमैत्री गभर्नर हुन जरुरी छ । आजको समयमा प्रविधि नै ठुलो शक्ति र रूपान्तरको रूपमा खडा भएको छ । यसकारण यसलाई बुझेको हुन जरुरी छ । साथै, गभर्नरमा नभई नहुने गुण इन्टिग्रिटी पनि हो । इन्टिग्रिटी उच्च भएको बैंकिङ र अर्थशास्त्र बुझेको परिपक्व व्यक्तिलाई गभर्नर बनाउन सके मात्रै हाम्रो शिथिल बनेको अर्थतन्त्रमा सुधार आउने देखिन्छ । साथै, नियन्त्रणमूखीभन्दा पनि उदार नीति लिन सक्ने बृहत् सोच भएको गभर्नर नियुक्त गर्न जरुरी रहेको म ठान्दछु ।

व्यवस्थापन र अर्थशास्त्रको विज्ञ हुत त जरुरी नै छ त्यो सँगै राजनीतिक चेत पनि अत्यावश्यक छ ।  नितीमा स्वतन्त्र व्यक्तिलाई ऐनले गभर्नर नियुक्ति गर्ने परिकल्पना गरेको भए पनि दल विहीन भएर राजनीतिक चेत पनि आवश्यक छ । किनकि अर्थ मन्त्रालयसँगै जोडिएर काम गर्नुपर्ने भएको कारण पनि राजनीतिक चेत हुन अत्यावश्यक छ भन्ने लाग्छ । सरकारसँग सहकार्य र सहयात्रा चाहिने भएको कारण पनि यो जरुरी हो भन्ने लाग्छ ।

गभर्नरले अर्थतन्त्र र मौद्रिक तथा वित्तीय क्षेत्रको चिन्तन गर्न सक्नुपर्छ भन्ने लाग्छ । साथै, आर्थिक म्यान्डेड पूरा गर्न सक्ने गभर्नर आजको आवश्यकता हो भन्ने पनि मेरो धारणा हो । अन्तर्राष्ट्रिय भू(राजनीतिले गर्दा नेपालको अर्थतन्त्रलाई प्रभाव पारिरहेको हुन्छ । अर्थतन्त्रका लागि सबै अन्तर्राष्ट्रिय परिस्थिति, देशको आर्थिक अवस्था बुझेर काम गर्न सक्ने, उपयुक्त निर्णय लिन सक्ने र सरकारसँगको समन्वयमा काम गर्न सक्ने व्यक्ति नै अबको राष्ट्र बैंकको गभर्नरको लागि उपयुक्त पात्र हुन आवश्यक रहेको मेरो धारणा हो ।

साथै, डामाडोल बन्दै गएको आन्तरिक अर्थतन्त्रमा सुधार गरेर जान सक्ने दीर्घकालीन भिजन भएको। निजी क्षेत्रले पनि सहजै स्वीकार गर्न सक्ने र उसले ल्याउने नीतिको कार्यान्वयनले अर्थतन्त्रलाई राम्रो लयमा लैजाने लिडर आवश्यक हो भन्ने लाग्छ सँगै राष्ट्र बैंकमा नयाँ गभर्नरले लिने सरकारले ल्याउने वित्त नीति र राष्ट्र बैंकको मौद्रिक नीतिको तालमेल पनि मिल्नुपर्छ भन्ने लाग्छ यसको तालमेल नहुँदा भएको विगतको समन्वयको समस्या र त्यसले निम्त्याएको नकारात्मक प्रभावलाई पनि दृष्टिगत गर्ने गरी राष्ट्र बैंकले नयाँ गभर्नर  ल्याउनुपर्ने देखिन्छ ।

साथै यहाँले भनेझैँ ‘मनि सर्कुलेसन’ हुन सकेको छैन । यसलाई बढाउनुपर्ने छ। राष्ट्र बैंकमा पैसा थुप्रँदै जाने, डलर महँगिरहने, बजारमा पैसा प्रवाह नहुने समस्याले गर्दा अर्थतन्त्र सन्तुलनमा नगएको देखिन्छ। उत्पादन र उत्पादकत्व बढाउने गरी काम गर्ने व्यक्ति गभर्नर हुनुपर्छ । वित्त नीतिकै आधारमा मौद्रिक नीति आउने भए पनि अबको ५ वर्ष राष्ट्र बैंकमा बस्ने गभर्नरले उत्पादकत्व र उत्पादन बढाउने गरी काम गर्दै निश्चित बिन्दुमा पुर्‍याउने गरी मिसन राख्ने आएको खण्डमा हाल देखिएका तमाम समस्याहरूले तुलनात्मक रूपमा परिवर्तन ल्याउन सक्छ भन्ने मलाई लाग्दछ ।

यो समाचार शेयर गर्नुहोस्
802SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?