काठमाडौँ । छिमेकी राष्ट्रहरुको सेयर बजारले अहिले उच्च विन्दुमा कारोबार गरिरहेको समय छ । तर हाम्रो देश नेपालको हकमा भने सेयर बजार अहिले पनि निकै तल्लो विन्दुमा कायम छ ।
शेयर बजारमा आएको उतारचढावको कारण लगानीकर्तामा अन्योल छाएको छ । पछिल्लो तीन दिन देखि निरन्तर मात्रामा शेयर बजारमा गिरावट आएको छ ।
शेयर बजार बढ्ने वा घट्ने जुन क्रम देखिएको छ त्यो तत्कालको समस्या भने हैन पछिल्लो डेढ वर्षदेखि यो समस्या नेपालको अर्थतन्त्रमा निरन्तर रूपमा देखिँदै आएको हो घट्ने बढ्ने क्रम चलिरहेको शेयर बजारको अबको यात्रा कस्तो हुन सक्छ भनेर हामीले शेयर विश्लेषक तथा नेपाल इनभेस्टर फोरमको अध्यक्ष तुलसीराम ढकाललाई सोधेका छौ प्रस्तुत छ अध्यक्ष ढकालको विचार।
अहिलेको वर्तमान समयमा शेयर बजारका लगानीकर्ता वा शुभचिन्तक सबैको एउटा साझा प्रश्न छ नेपालको सेयर बजार किन बढ्न सकेन ? वा कहिले बढ्छ ? आजको समयमा यो एउटा साझा प्रश्न बनेर आएको छ यो आउनु स्वाभाविक पनि हो ।
प्रश्न साझा भए पनि जवाफ शेयर बजारको तत्कालीन अवस्थालाई मध्यनजर गर्दै दिएर पुग्दैन यसको वास्तविक कारण बुझ्न केही अगाडिको समयको स्मरण गर्न आवश्यक छ । नेपालमा शेयर बजारमा जुन किसिमको अस्थिर यात्रा चलिरहेको छ यो कोभिडको समयदेखि कै समस्या हो । हुन त कोभिडले नेपालको अर्थतन्त्रमा मात्रै असर पु¥याएको त हैन तर पनि हाम्रो जस्तो उत्पादन कम भएको देशकालागि त्यसको असर निकै ठुलो मात्रामा पुगेको हो।
साईकोलोजी घट्दै गएको कारण लगानीकर्ताको आत्मबलमा गिरावट हुँदै गयो फलस्वरुप १८ सयको रेसियोमा बजारको अवस्था झर्न पुग्यो
२०७८ साल भदौ महिनाको ८ गतेका दिन राष्ट्र बैङ्कको मौद्रिक नीति अनुसार पुजी बजारमा अर्को अङ्कुश लगाइयो । पुजी बजारमा लगानी गर्न आफ्नो जेपमा भएको निश्चित रकम लगानी गरेर मात्रै सकिँदैन यसका लागी बैक वित्तीय संस्थाबाटै लगानीको बाटो खोज्ने हो तर मौद्रिक नीतिको समीक्षाले ४–१२ को नीति आयो यसले समेत पुजी बजारमा प्रहार हुन पुगेको हो ।
तर पुँजीबजारमा लाभांश र क्यापिटल गेन नै हेरेर लगानी गर्ने हो । क्यापिटल गेन कहाँनेरि हुन्छ भने जहाँ लगानीकर्ताको आत्मबल हुन्छ वा कन्फिडेन्स जहाँ हुन्छ त्यहाँ नै एभरेज गेन हुने हो । यो साईकोलोजी घट्दै गएको कारण लगानीकर्ताको आत्मबलमा गिरावट हुँदै गयो फलस्वरुप १८ सयको रेसियोमा बजारको अवस्था झर्न पुग्यो ।
१८ सयको रेन्जमा लामो समयसम्म अफ डाउन गरेको हो तर त्यही समयमा बैंकको ब्याजदर ह्वात्तै बढ्यो ब्याजबढेसंगै भने फेरी लोन लिन सहज भएन जसको कारण बजारमा लगानी गर्ने वातावरण बनेन फलस्वरुप पुजिबजारमा ओरालो यात्रा तय भयो ।
शून्य अवस्थामा पुगेको हाम्रो अर्थतन्त्रले अहिले बल्ल एउटा लय समाउन थालेको अवस्था छ ।
अहिले बैंकको ब्याजदर पनि घट्दो मात्रामा छ। अर्थतन्त्रले बिस्तारै लय समाएको अवस्थामा हामीले कोभिड मात्रै कारण देखाएर पन्छिने अवस्था पनि छैन । हामीसँग आजको समयमा बैंकमा मात्रै ६१ खर्ब बढीको डिपोजीट छ , १५–१६ खर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्राको संञ्चितीको अवस्था छ र लगानी योग्य रकम ५० खर्ब छ । यसले के प्रमाणित गर्दछ भने हाम्रो अर्थतन्त्र अब चलायमान हुदैछ । लयमा फर्किँदै छ ।
अहिले यो घट्ने बढ्ने जुन प्रक्रिया भएको छ यसको सङ्केत बजारमा सुधार आएको छ भन्ने नै हो । एक दुई पटक बजार घट्दैमा आत्ती हाल्नुहुँदैन ।
हामी सगरमाथाको उचाइ चुम्न हिँडेका छौ भने एकै पटक दौडिएर पुग्न सम्भव छैन त्यसो गर्दा त बरु हाम्रो हार चाडै र निश्चित छ तर बिस्तारै सुस्तिदै ग¥यौ भने हाम्रो लक्ष्यमा सहजै पुग्छौ त्यस्तै जस्तो शेयर बजारमा समेत एक दुई दिन घट्ने बढ्नेक्रमले खासै ठुलो प्रभाव पार्दैन अहिले यो घट्ने बढ्ने जुन प्रक्रिया भएको छ यसको सङ्केत बजारमा सुधार आएको छ भन्ने नै हो । एक दुई पटक बजार घट्दैमा आत्ती हाल्नुहुँदैन ।
पैसा बजारमा आएको छ । १८ सयको रेसियोबाट अहिले २२ सयको रेसियोमा बजारले हाइट लिएको छ । यसमा कहिलेकाहीँ १९–२० वा २०–१९ हुनु सामान्य विषय हो अहिलेको यो समय हामीले कम्पनी छानी छानी लगानी गर्ने समय हो । हामीले यस्तो बेला भागेर हैन धैर्य भएर लगानी गर्नुपर्छ भन्ने मान्यता राख्दछु किनकि आफ्नो मुल्यमा आफ्नै रोजाइको कम्पनीमा लगानीको समय चलेको छ ।
अहिलेको यो समय हामीले कम्पनी छानी छानी लगानी गर्ने समय हो । हामीले यस्तो बेला भागेर हैन धैर्य भएर लगानी गर्नुपर्छ


































