National life

‘सेयर बजारमा सुनौलो अवसर आउन अब धेरै लामो समय कुर्नु पर्दैन ’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ माघ २०८०, मङ्गलबार
854Shares
‘सेयर बजारमा सुनौलो अवसर आउन अब धेरै लामो समय कुर्नु पर्दैन ’
ncell

अहिले शेयर बजारको स्थिति असाध्यै अस्थिर बनेको अवस्था छ । बजार लयमा फर्किएको हो वा झन् बढी निराशामा ठ्याक्कै भन्न सक्ने कारणहरूको जन्म भएको पाइँदैन हुन त बजारको विशेषता नै हो कि घट्नु र बढ्नु तर लामो समय देखि निरन्तर ओरालो लाग्नुलाई कसरी लिने ? के कारणहरू छन् ?जसले शेयर बजार निरन्तर मात्रामा गति लिएर अगाडि बढ्न सकेको छैन ? यी र यस्ता अनुत्तरित जस्तै बनेको प्रश्नलाई हामीले शेयर विश्लेषक छोटेलाल रौनियारलाई सोधेका छौ ।

प्रस्तुत छ शेयर विश्लेषक रौनियारको विचार 

यहाँले सोधे जस्तै गरी सेयर बजार निरन्तर ओरालो लागेको कारणलाई वा एक दुई कारोबारका दिन बढेजस्तो गर्ने फेरि अर्को दिन ह्वात्तै घट्ने यो एउटा प्रवृत्ति जस्तो बनेको अवस्थालाई एकै शब्दमा वा एस र नो को अवस्थामा व्याख्या गर्ने समय अवस्था अहिले देखिँदैन  ।

मैले महशुस गरेको कुरा चाहिँ के हो भने बजार निरन्तर ओरालो मात्रै लाग्ने ठाउँ चाही छैन , घटिरहनका लागि पनि कारण त चाहियो नि यस कारण घट्ने भनेर तसर्थ अब त्यो भएका स साना कारणपनि पाखा  लाग्दै गरेको अवस्थामा अहिले शेयर बजार छ । अहिलेको समय भन्दा एक महिना अगाडिको समयमा प्रशस्त कारण थियो जस्तो बैंकमा लगानीयोग्य पुँजी (तरलता) को कमी नै हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तरलता अभावको कारण सेयर धितोमा राखेर लिने ऋणको ब्याजदर वृद्धि हुन थियो। उच्च ब्याजदरमा लगानी लिएर सेयर खरिद गर्नु पर्थ्यो जसको कारण नाफा हुँदैन थियो ।

तर अहिले यो अवस्था छैन बैंकमा अधिक तरलता भएको कारण दिनदिनै नेपाल राष्ट्रबैंकले खिचेको अवस्था छ । बैंकको ब्याजदरहरू कम्तीमा पनि सिङ्गल अंकमा आएका छन् । मागसँगै आपूर्ति को लेभल समेत मिल्दै गएको अवस्था छ । हालको समस्या मध्येमा एउटा खरिद बिक्रीकर्ता सेयर सङ्ख्यामा वृद्धि भएअनुसार बढ्न नसक्नुलाई मान्न सकिन्छ, त्यो सँगै मार्केट मेकरको पनि अभाव मान्न सकिन्छ । बजार अत्यधिक घट्न थालेपछि ठुला ठुला संस्थाले सेयर खरिद गर्ने चलन बंगालादेश,चीन लगायतका शहरमा छ त्यो प्रभाव नेपालमा पनि बिस्तार हुन सक्यो भने अझै राम्रो हुने थियो ।

नेपालको हकमा अचाक्ली बजार बढ्यो भने सेयर बिक्री गरेर बजारलाई नियन्त्रण गर्ने र निरन्तर ओरालो लागेर धराशायी हुन लाग्यो भने खरिद गरेर सेयर बजारलाई बचाउने काम गर्ने मार्केटमेकरले गर्नुपर्छ। तर यहाँ त्यसरी सोच्नेहरु त के उल्टै बजारमा चलखेल गर्नेहरूको कारण पनि बजारले गति लिन नसकेको मान्न सकिन्छ ।

ओरालो लागेको सेयर बजारलाई उकास्नका लागि पहिलो कुरा ऋणको ब्याजदर वा समग्र पोलेसिमा राज्यले अझै विचार पुर्याउन आवश्यक छ । असार साउनको भेल जस्तै आएका प्राथमिक शेयरहरूको रोकथाम र फिल्टर गर्न जरुरी छ । शेयर बजार सम्बन्धि पर्याप्त जानकारीहरू राज्य स्तरबाटै चलाउन, बहस, गोष्ठी बढाउन आवश्यक छ ।

म दोहोर्‍याएर भन्छु सेयर बजारमा सुधार आउँछ । यसको अब धेरै भाग्ने ठाउँ छैन मात्रै यति हो कि  कहिले ?  सेयर बजार संसारमा नै घट्ने र बढ्ने त गर्छ नै। नेपालको बजार सुधार हुन पनि त्यति लामो समय लाग्दैन। तर, सुनौलो अवसर आउन अब धेरै लामो समय कुर्नु पर्दैन कि भन्ने लागेको छ ।

बजारमा सुधार ल्याउनका लागि लगानीकर्ताले पनि ध्यान दिन जरुरी छ, लगानी गर्नु भन्दा पहिले अध्ययन जरुरी छ हचुवाको भरमा बजारमा हाम फाल्नु हुँदैन । अरूको देखासिकीमा भरमा लागेर सेयर बजारमा प्रवेश गर्दा त्यसले पनि बजारलाई सिधा प्रभाव पार्दछ। फलानो सेयर बजारबाट यति कमायो म पनि त्यस्तै कमाउँछु भनेर आउनेहरू धेरै डुबेका छन्। घाटी हेरेर हाड निल्ने भन्ने नेपाली उखानलाई आत्मसात् गर्दै आफूसँग भएको भन्दा बढी ऋण लिएर लगानी नगर्न मेरो लगानीकर्तालाई अनुरोध छ ।

लामो समयदेखि निरन्तर ओरालो लागेको बजारप्रति लगानीकर्तामा चरम निराशा छाएको छ यस्तो अवस्थामा सम्बन्धित क्षेत्रका विज्ञहरूको उपस्थितिले खास अर्थ राख्ने गर्दछ । लगानीकर्तामा रहेको चरम निराशालाई चिर्न हाम्रो प्रयासले फलतः लगानीकर्ताको चह्राएको घाउमा मलम लगाउन सकोस् भन्ने हाम्रो प्रयास सधैँ रहिरहन्छ ।

यो समाचार शेयर गर्नुहोस्
854SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?