National life
cg eloctronics

ग्रीनवीच होटलका संचालकले फैलाएको भ्रामक सूचनाप्रति समिट होटलद्वारा खेद प्रकट

समिट होटलले ग्रीनवीच होटलका संचालकले उक्त रकम बुझीलिएको हस्ताक्षर सहितको रिसिप्ट समेत सार्बजनिक गरेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ महिना अगाडि|२८ जेठ २०८३, बिहिबार
1.7kShares
ग्रीनवीच होटलका संचालकले फैलाएको भ्रामक सूचनाप्रति समिट होटलद्वारा खेद प्रकट
muktinatha bikash bank

काठमाडौं । ग्रीनवीच होटल, ललितपुरका संचालकले समिट होटल निर्माणका क्रममा भएको क्षतिपूर्ति नपाएको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोप्रति समिट होटलले खेद प्रकट गरेको छ ।

समिट होटलले उक्त दाबी तथ्यहीन रहेको जनाउँदै ग्रीनवीच होटलका संचालकलाई क्षतिपूर्तिस्वरूप रु. ९ करोड ६६ लाख रकम भुक्तानी गरिसकिएको जानकारी दिएको तथ्य सार्बजनिक गरेको छ । समिट होटलले ग्रीनवीच होटलका संचालकले उक्त रकम बुझीलिएको हस्ताक्षर सहितको रिसिप्ट समेत सार्बजनिक गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

होटलका अनुसार सम्बन्धित पक्षले उक्त रकम बुझिसकेको अवस्थामा क्षतिपूर्ति नपाएको दाबी गर्दै सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्ने कार्य संकास्पद रहेको जनाएको छ ।

समिट होटलले यस विषयमा सम्बन्धित सरकारी निकायलाई समेत जानकारी गराइसकेको जनाएको छ । होटलका अनुसार केही समयअघि ललितपुर महानगरपालिकाले समेत ग्रीनवीच होटलका संचालकसँग प्राप्त रु. ९ करोड ६६ लाख रकम के प्रयोजनमा उपयोग गरिएको भन्ने विषयमा जानकारी मागेको थियो ।

everest bank

समिट होटलका अनुसार ललितपुर महानगरपालिका वडा नं. १, कोपुण्डोलस्थित होटल तथा अपार्टमेन्ट निर्माणको प्रारम्भिक कार्य अघि बढाउने क्रममा मिति २०७९ चैत २५ गते आसपासका सात वटा संधियार तथा घरमा पुगेको क्षतिलाई सम्बोधन गर्दै सहमतिका आधारमा उचित क्षतिपूर्ति वितरण गरिएको थियो ।

तर, ग्रीनवीच होटलका संचालकले क्षतिपूर्तिवापतको रकम बुझिसकेपछि पनि आफूले कुनै क्षतिपूर्ति नपाएको दाबी गर्दै आम जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले तथ्यहीन सूचना प्रवाह गरिरहेको देखिएको समिट होटलको जनाए को छ ।

“सामाजिक सञ्जालमार्फत आधारहीन तथा भ्रामक सामग्री सार्वजनिक गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने प्रयास भएकाले यसप्रति होटलको गम्भीर ध्यानाकर्षण भएको छ । सार्वजनिक गरिएका त्यस्ता सामग्रीमा कुनै सत्यता नरहेको स्पष्ट रूपमा खण्डन गर्दछौं,” समिट होटलले जानकारी गराएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?