National life

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ उम्मेदवार सर्टलिस्ट

कार्यकारी निर्देशक पदका लागि प्रतिस्पर्धा तीव्र

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२१ साउन २०८३, बिहिबार
3.9kShares
नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ उम्मेदवार सर्टलिस्ट
ncell

काठमाडौं । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार छनोट भएका छन्।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार शैक्षिक योग्यता, कार्यअनुभव तथा पेशागत र वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा उनीहरूलाई अन्तिम चरणका लागि छनोट गरिएको हो। अब उनीहरूले व्यावसायिक कार्ययोजना प्रस्तुत गर्दै अन्तर्वार्ता दिनुपर्नेछ।

छनोटमा परेका उम्मेदवारहरूमा अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार काकी, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्टराई रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यतालिकाअनुसार साउन २५ गते गौतम, घिमिरे, काकी र न्यौपानेले फरक–फरक समयमा प्रस्तुति र अन्तर्वार्ता दिनेछन् भने भट्टराईको प्रस्तुति साउन २६ गतेका लागि तय गरिएको छ।

सबै उम्मेदवारको प्रस्तुति तथा अन्तर्वार्ता अर्थ मन्त्रालय, सिंहदरबारमा हुने जनाइएको छ।

यो पद खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न आवेदन माग गरिएको थियो र सोही प्रक्रियाअनुसार अन्तिम चरणका उम्मेदवार छनोट गरिएको मन्त्रालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
3.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?