National life

कनेक्टआईपीएसले ल्यायो ‘रिफर अ फ्राइन्ड २.०’ अफर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
581Shares
कनेक्टआईपीएसले ल्यायो ‘रिफर अ फ्राइन्ड २.०’ अफर
ncell

काठमाडाैं । कनेक्टआईपीएसले ‘रिफर अ फ्राइन्ड २.०’ अफर सार्वजनिक गरेको छ । कनेक्ट आइपीएसको रिफर अ फ्रेन्ड २.० अफर अन्तर्गत कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त अफर अन्तर्गत २०८०, असार ५ गते देखि असार ३१ गतेसम्म रिफ्रिले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफेरिएरले २५ र रिफ्रिले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

अफरको फाइदा लिन रिफेरिएरले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रिफेरिएर कोड दिनुपर्ने हुन्छ । रिफ्रीले भने कनेक्ट आइपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफेरिएर कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात रिफेरिएरले २५ रुपैयाँमा आफ्नो बैंक खातामा र रिफ्रिले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्नेछ । रिफेरिएरले आफ्नो रिफेरिएर कोड सँगै लिन्क पनि शेयर गर्न सक्नेछ र रिफ्रीले उक्त लिंक क्लिक गरी कनेक्ट आइपीएस वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछ ।

रिफ्रिको लिंक गरिएको खाता भेरिफाई भए पश्चात मात्र रिफेरिएर रकम खातामा प्राप्त हुने हुँदा रिफ्री ले अफर अवधि भित्र खाता भेरिफाई गराई सक्नुपर्ने हुन्छ ।

कनेक्ट आइपीएस, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आइपीएस को वेब मार्फत प्रति कारोबार २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पे क्युआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?