National life

रि इन्स्योरेन्स कम्पनीको विभिन्न क्षेत्रमा साढे ३६अर्ब लगानी, सेयरबजारमा शतप्रतिशत वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1.2kShares
रि इन्स्योरेन्स कम्पनीको विभिन्न क्षेत्रमा साढे ३६अर्ब लगानी, सेयरबजारमा शतप्रतिशत वृद्धि
ncell

काठमाण्डौ । दुई रि इन्स्योरेन्स कम्पनीले विभिन्न क्षेत्रमा साढे ३६ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्सले विभिन्न क्षेत्रमा ३६ अर्ब ४५ करोड ८८ लाख रुपैयाँ भन्दा बढी लगानी गरेका हुन् ।

यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा १०.७९ प्रतिशत कम हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवको सोही अवधिसम्म दुई रि इन्स्योरेन्स कम्पनीले विभिन्न क्षेत्रमा ४० अर्ब ८६ करोड ७४ लाख रुपैयाँ लगानी गरेका थिए।

तेस्रो त्रैमाससम्म आइपुग्दा दुवै कम्पनीको लगानी रकम घटेको छ । नेपाल रि इन्स्योरेन्सले चैत मसान्तसम्म १८ अर्ब ७ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । जुन यो रकम गत आवको तुलनमा १८.९० प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले विभिन्न सेक्टरमा २२ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको थियो।

यता हिमालयन रि इन्स्योरेन्सको पनि लगानी रकम १.०६ प्रतिशत घटेको छ । गत आवको तेस्रो त्रैमाससम्म विभिन्न क्षेत्रमा १८ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ लगानी गरेको यो कम्पनीले चालु आवको सोही अवधिसम्म भने १८ अर्ब ३८ करोड ६८ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

रि इन्स्योरेन्स कम्पनीहरुले अधिकांश क्षेत्रमा लगानी घटाएपनि सेयरबजारसहित केही क्षेत्रको लगानी भने बढाएका छन् ।

हिमालयन रि र नेपाल रि ले चालु आवको तेस्रो त्रैमाससम्म सूचीकृत पब्लिक कम्पनीको सेयरमा ४ अर्ब ९२ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी गत आवको तुलनामा शतप्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म दुई कम्पनीले सेयरबजारमा २ अर्ब ४५ करोड ५७ लाख रुपैयाँ लगानी गरेका थिए ।

साथै वाणिज्य बैंकको मुद्दती निक्षेपमा कुल २४ अर्ब ७८ करोड ४५ लाख रुपैयाँ लगानी रहेकोमा नेपाल रि को १२ अर्ब ८९ करोड र हिमालयन रि को ११ अर्ब ८९ करोड रुपैयाँ लगानी रहेको छ ।

त्यस्तै, पूर्वाधार बैंकको मुद्दती, विकास बैंकहरुको मुद्दती र फाइनान्स कम्पनीको मुद्दतीमा भने नेपाल रि ले मात्रै लगानी गरेको छ । यी तीन बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा नेपाल रि को १ अर्ब २३ करोड ५० लाख रुपैयाँ लगानी रहेको छ ।

त्यस्तै, अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा नेपाल रि को १ अर्ब ५४ करोड ६२ लाख र हिमालयन रि को १० करोड लगानी रहेको छ ।साथै नागरिक लगानी कोष र म्युचुअल फण्ड सेक्टरमा भने हिमालयन रि को ८८ करोड ५३ लाख र नेपाल रि को ५६ करोड ४७ लाख रुपैयाँ गरी कुल १ अर्ब ४५ करोड रुपैयाँ लगानी रहेको छ ।

यता इन्भेष्टमेन्ट कम्पनीको सेयर र अन्य संस्थापक सेयरमा भने हिमालय रि को मात्रै लगानी रहेको छ । कम्पनीले इन्भेष्टमेन्ट कम्पनीको सेयरमा १ अर्ब ५ करोड र अन्य संस्थापक सेयरमा २२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।

सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको सेयरमा भने नेपाल रि को मात्रै ५४ करोड १५ लाख रुपैयाँ लगानी रहेको छ भने हिमालयन रि को शुन्य छ । यता दुवै कम्पनीको अन्य लगानी भने ६० करोड ४७ लाख रुपैयाँ छ, जसमा नेपाल रि को ६० करोड रुपैयाँ र हिमालयन रि को जम्मा ४७ लाख रुपैयाँ छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?