काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१ अंकमा झरेको हो । अघिल्लो कारोबार दिन नेप्से ३.६२ अंकले बढेको थियो ।
शुक्रबार ८९ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ । त्यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा गिरावट आए पनि कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै गिरावट
शुक्रबार बैंकिङ समूहको सूचक ०.४० प्रतिशतले बढेको छ । बाँकी सबै समूहका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ ।
विकास बैंक समूह ०.२३, फाइनान्स ०.५९, जलविद्युत् ०.२९, लगानी ०.२३, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन ०.८१, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.२७, अन्य ०.७८ तथा व्यापार समूह ०.५२ प्रतिशतले घटेका छन् ।
दोल्ती पावरको मूल्यमा सबैभन्दा धेरै वृद्धि
शुक्रबार दोल्ती पावरको सेयर मूल्य ५.४१ प्रतिशतले बढेको छ । भूगोल इनर्जीको ४.२६, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.४३ र एभरेस्ट कलरको २.८३ प्रतिशतले मूल्य बढेको छ ।
यता पाल्पा सिमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ६.५५ प्रतिशतले घटेको छ । स्वस्तिक लघुवित्तको ५.०५, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४.८१ र त्रिशूली जलविद्युतको ३.२४ प्रतिशतले मूल्य घटेको छ ।
कारोबारमा कुन कम्पनी अगाडि ?
कारोबार रकमका आधारमा शुक्रबार ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि रहेको छ । त्यसपछि क्रमशः लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, श्वेतगंगा हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक, सेन्ट्रल फाइनान्स र घलेम्दी हाइड्रोपावर रहेका छन् ।


































