National life

तिहार अघिको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंककाे गिरावट, १७५ कम्पनीको मुल्य घट्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
612Shares
तिहार अघिको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंककाे गिरावट, १७५ कम्पनीको मुल्य घट्याे
ncell

काठमाडौं । तिहार अघिको कारोबारको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से परीसूचक ११.८५ अंकले घटेर १८५२.०८ विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ५७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७५ कम्पनीको शेयर मुल्य घटेको छ । शेयर बजार घटेसँगै आज १३ वटै उपसूचक राताम्मे भएका छन् ।

आज २८२ कम्पनीको २८ लाख ३३ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ८३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोनापु मिनरल्सको शेयर कारोबार भएको छ । कम्पनीको ७ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटल्सको ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको एक करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६.९६ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले ५.८५ प्रतिशतका दरले कमाएका छन् । ओरिएण्टल होटल्सका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, समाज लघुवित्तका लगानीकर्ताले ३ र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले ६.५८ प्रतिशतका दरले गुमाएका छन् । नेपाल एसबिआइ बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् । माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६.३७ प्रतिशतका दरले गुमाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
612SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?