National life

नेप्से झिनो अंकले बढ्दा यी कम्पनीको सेयर मूल्य उकालो लाग्यो

कुल ४ अर्ब ११ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२६ साउन २०८३, मङ्गलबार
3.1kShares
नेप्से झिनो अंकले बढ्दा यी कम्पनीको सेयर मूल्य उकालो लाग्यो
ncell

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा ९५ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ११ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये १३३ वटाको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, २० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक सेयर मूल्य बढेको छ । अपर लोहोरे खोलाको १४.९९% ले सेयर मूल्य बढेको हो ।

यस्तै, आरबीबीएल डिवेन्चर २०८८ को ५.९२ %, लक्ष्मी उन्नति कोषको ५.२७%, हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको ३.७४%, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लि. को ३.६०% र सिद्धार्थ इक्विटी फण्डको ३.५४% ले सेयर मूल्य बढेको हो ।

यो समाचार शेयर गर्नुहोस्
3.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?