National life

यी कम्पनीमा लगानीकर्ताको आकर्षण

४ अर्ब ५४ करोड ७७ लाख ९५ हजार ८ सय ८७.५ रुपैयाँ बराबरको कारोबार भएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१८ साउन २०८३, सोमबार
4.4kShares
यी कम्पनीमा लगानीकर्ताको आकर्षण
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेप्से १.२० अंकले घट्दै २६८४.३३ बिन्दूमा पुगेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ११७ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको हो भने ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

१ करोड १४ लाख ३ हजार ६ सय एक सेयर खरिद बिक्री हुँदा कारोबार भने ४ अर्ब ५४ करोड ७७ लाख ९५ हजार ८ सय ८७.५ रुपैयाँ बराबरको भएको छ ।

आज एभरेष्ट कलर लिमिटेडको सर्वाधिक सेयर मूल्य बढेको छ । एभरेष्ट कलरको १४.९९% ले सेयर मूल्य बढेको हो ।

यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको ११.७७%, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.१६%, श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको ४.१३%, सागर डिष्टिलरी लिमिटेडको ४.०९%, सानिमा ग्रोथ फण्डको ३.४८% र ग्रिन डेभलपमेन्ट बैंकको ३.४५% ले सेयर मूल्य वृद्धि भयो ।

त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको सर्वाधिक सेयर खरिद बिक्री भएको छ ।

यस्तै, रिडी पावर कम्पनी लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेड र साहस उर्जा लिमिटेडको सेयर खरिद बिक्रीमा लगानीकर्ताको उत्साह देखियो ।

यो समाचार शेयर गर्नुहोस्
4.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?