काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक २.२५ अंकले घटेर २,६४१.५८ विन्दुमा झरेको छ।
आज बजारमा १ करोड १९ लाख ३२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये ७२ वटाको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।
आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। त्यस्तै, माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको १४.९९ प्रतिशत, रिलायन्स स्पिनिङ मिल्सको ११.१७ प्रतिशत, सगरमाथा जलविद्युतको ११.०६ प्रतिशत र विकास हाइड्रोपावरको ८.२२ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ।
त्यसैगरि, रिलायन्स स्पिनिङ मिल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सोलु हाइड्रोपावरको ३८ करोड ४४ लाख, रिडी पावरको १६ करोड ४१ लाख, खानीखोला हाइड्रोपावरको १५ करोड ४१ लाख, विकास हाइड्रोपावरको १२ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


































