National life

आज पनि नेप्सेमा झिनो सुधार, कुनको मूल्य सर्वाधिक बढ्यो?

नेप्से सामान्य बढ्यो, यी कम्पनीका लगानीकर्ता बने मालामाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२७ साउन २०८३, बुधबार
2.8kShares
आज पनि नेप्सेमा झिनो सुधार, कुनको मूल्य सर्वाधिक बढ्यो?
ncell

काठमाडौं । साताको कारोबारको मध्यदिन सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। बुधबार नेप्से परिसूचक ०.५५ अंकले उकालो लाग्दै २ हजार ६४२.४० विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा ८७ लाख १ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १०२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ वटा कम्पनीको मूल्य घटेको छ। यस्तै, ९ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। त्यस्तै, इमर्जिङ नेपालको ५.४८ प्रतिशत, एचआईडीसीएलको ४.९५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको ४.१८ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ३.८५ प्रतिशतले वृद्धि भएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?