काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ७.३७ अंकले घटेर २ हजार ६४३.८३ विन्दुमा झरेको हो ।
आज बजारमा ९७ लाख ५४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब २७ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
कारोबार भएका कम्पनीमध्ये १०१ वटाको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ । सर्वोत्तम पेन्ट्सको १४.९९ प्रतिशत, फर्स्ट माइक्रो फाइनान्सको ६.९६ प्रतिशत, विकास हाइड्रोपावरको ६.८६ प्रतिशत र एनआईसी एसिया ग्रोथ फण्डको ५.६७ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।
त्यसैगरि, कृषि बन्ड सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७० करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
खानीखोला हाइड्रोपावरको १७ करोड ९८ लाख, लिबर्टी इनर्जीको १६ करोड ५६ लाख, ङादी ग्रुपको १० करोड ९० लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


































