National life

नेप्से दोहोरो अंकले बढ्यो, यी कम्पनीका लगानीकर्ता भए मालामाल

सेयर बजारमा जोरदार कमब्याक – कारोबार ५ अर्ब नाघ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०४ साउन २०८३, सोमबार
2.9kShares
नेप्से दोहोरो अंकले बढ्यो, यी कम्पनीका लगानीकर्ता भए मालामाल
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेप्से परिसूचक ४१.७० अंकले उकालो लाग्दै २७१९.२४ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको कारोबारमा १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ५० करोड रुपैयाँ नाघेको छ। बजारमा अधिकांश कम्पनीहरूको प्रदर्शन सकारात्मक रहँदा २३८ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनी घटेका छन् र ६ कम्पनी स्थिर रहेका छन्।

नाफा कमाउने कम्पनीतर्फ एभरेष्ट कलर करिब १५ प्रतिशतले अग्रस्थानमा रह्यो। त्यसैगरी रिज लाइन इनर्जी, श्रीनगर एग्रीटेक, सोलु हाइड्रोपावर र दिब्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले पनि उल्लेखनीय प्रतिफल पाए।

त्यसैगरि, आँखुखोला जलविद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २९ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

रिलायन्स स्पिनिङ मिल्स्को २४ करोड ४६ लाख, रिडी पावरको २० करोड ६६ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको १९ करोड ८ लाख, नेशनल हाइड्रोपावरको १५ करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

समग्रमा बजारमा लगानीकर्ताको उत्साह देखिँदै हरियाली छाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?