National life

बजारमा ६ अर्बभन्दा बढीको कारोबार, टप ट्रेडेड कम्पनी कुन–कुन ?

आज कुल १ करोड ३६ लाख ८३ हजार कित्ता सेयर किनबेच

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०८ साउन २०८३, शुक्रबार
3.6kShares
बजारमा ६ अर्बभन्दा बढीको कारोबार, टप ट्रेडेड कम्पनी कुन–कुन ?
ncell

काठमाडौं । सेयर बजारमा शुक्रबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ७.९० अंकले बढ्दै २७३४.६३ बिन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल १ करोड ३६ लाख ८३ हजार कित्ता सेयर ६ अर्ब १८ करोड १० लाख रुपैयाँमा किनबेच भएको छ। कारोबारमा १४३ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

एभरेष्ट कलर लिमिटेडको १४.९९%, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.४६%, सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ६.८२%, खानीखोला हाइड्रोपावरको ५.९३%, झापा इनर्जीको ५.५०%, दरमखोला हाइड्रो इनर्जीको ४.६८% र माथिल्लो मैलुन खोला जलविद्युतको ४.४२% सेयर मूल्य वृद्धि भएको हो ।

यसैगरी, सानिमा बैंक लिमिटेड डिवेन्चरको सर्वाधिक सेयर मूल्य घटेको छ । सानिमा डिवेन्चरको –८.९२% ले सेयर मूल्य घटेको हो । यस्तै, कोर्पोरेट डेभलेपमेन्ट बैंकको –७.३८%, ग्लोबल आईएमई बैंक लिमिटेड डिवेन्चरको ६.१६%, सनराइज ब्लुचिप फण्डको ५.६०% र गरिमा समृद्धि योजनाको ४.८५%ले सेयर मूल्य घटेको छ ।

त्यसैगरि, रिडी पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चरको २७ करोड ३४ लाख, कुमारी बैंकको २५ करोड ८१ लाख, आँखुखोला जलविद्युतको १९ करोड ६० लाख, रिलायन्स स्पिनिङ मिल्स्को १४ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
3.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?