National life
cg eloctronics

बजारमा सामान्य सुधार, यी सेयरमा बढ्यो लगानीकर्ताको आकर्षण

कुल ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२० साउन २०८३, बुधबार
5.8kShares
बजारमा सामान्य सुधार, यी सेयरमा बढ्यो लगानीकर्ताको आकर्षण
muktinatha bikash bank

काठमाडौं । आज सेयर बजारमा सामान्य सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्दै २६६७.९७ विन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

आजको कारोबारमा १ करोड ६७ हजार कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा १२२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको मूल्य घटेको छ। यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ, जसले बजारमा मिश्रित प्रवृत्ति देखाएको छ।

everest bank

आज सोलु हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १४.९९ प्रतिशतले बढेको छ। त्यसैगरी शिखर पावर डेभलपमेन्ट ५.९१ प्रतिशत, रिडी पावर ५.७९ प्रतिशत, बुद्ध भूमि हाइड्रोपावर ४.६८ प्रतिशत र सिनर्जी पावर ४.१८ प्रतिशतले वृद्धि भएका छन्।

समग्रमा बजारमा सामान्य सुधार देखिए पनि घट्ने कम्पनीको संख्या बढी हुँदा लगानीकर्तामा अझै सतर्कता कायम रहेको देखिन्छ।

त्यसैगरि, सोलु हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५८ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

रिडी पावरको ३४ करोड ८४ लाख, खानीखोला हाइड्रोपावरको २७ करोड ७७ लाख, एभरेष्ट कलरको १७ करोड ९२ लाख, सेन्ट्रल फाइनान्सको १६ करोड ३८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
5.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?