National life

दोहोरो अंकले बढ्यो नेप्से, यी कम्पनीको बढ्यो शेयर मूल्य

१११ कम्पनी घटेका छन् र १२ कम्पनी स्थिर रहे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०७ साउन २०८३, बिहिबार
4.6kShares
दोहोरो अंकले बढ्यो नेप्से, यी कम्पनीको बढ्यो शेयर मूल्य
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक दोहोरो अंकले बढ्दै १४.१७ अंकको वृद्धि सहित २७२६.७२ बिन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल १ करोड ७७ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ पुगेको छ। बजारमा १५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनी घटेका छन् र १२ कम्पनी स्थिर रहेका छन्।

एभरेष्ट कलरको १४.९९%, स्नो रिभरको १३.७१%, एप्पोलो हाइड्रोपावरको ११.०४%, शिखर पावरको ८.४६%, होटल फरेष्ट इन्नको ७.५१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यसैगरि, रिलायन्स स्पिनिङ मिल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आँखुखोला जलविद्युतको २७ करोड ५२ लाख, रिडी पावरको २४ करोड ९२ लाख, सोलु हाइड्रोपावरको १७ करोड १९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
4.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?