National life

आज सबैभन्दा धेरै सेयर कारोबार भएका कम्पनी कुन-कुन?

आज सर्वाधिक सेयर किनबेच भएका कम्पनीहरू

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२८ साउन २०८३, बिहिबार
2.7kShares
आज सबैभन्दा धेरै सेयर कारोबार भएका कम्पनी कुन-कुन?
ncell

काठमाडौं । सेयर बजारमा सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचक ८.८१ अंकले बढेर २ हजार ६५१.२१ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल १ करोड २ लाख २४ हजार कित्ता सेयर ३ अर्ब ७२ करोड ३३ लाख रुपैयाँबराबरमा कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये १७० वटाको सेयर मूल्य बढेको छ भने ८७ वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको १४.९९ प्रतिशत, सुपर खुदी हाइड्रोपावरको १३.०२ प्रतिशत, घलेम्दी हाइड्रोको ११.९० प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ५.०९ प्रतिशतले बढेको छ।

त्यसैगरि, घलेम्दी हाइड्रोको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २९ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ६९ लाख, सोलु हाइड्रोपावरको १५ करोड ७० लाख, सेन्ट्रल फाइनान्सको १२ करोड २२ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ११ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?