काठमाडौँ । सेयर बजारमा बिहीबार सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ अंकमा पुगेको छ।
आज कुल ७७ लाखभन्दा बढी कित्ता सेयर ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कारोबार भएका कम्पनीमध्ये ७७ वटाको मूल्य बढ्दा १८१ वटाको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज एपोलो हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी सोपान फर्मास्युटिकल्स, आत्मनिर्भर लघुवित्त, बुंगल हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका सेयरमा पनि उल्लेख्य वृद्धि देखिएको छ।

































