National life

कारोबार रकममा चम्किए यी कम्पनी, सर्वाधिक किनबेच

आज बजारमा १ करोड ४० हजार कित्ता सेयर किनबेच भएका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२५ दिन अगाडि|०९ भदौ २०८३, मङ्गलबार
4.3kShares
कारोबार रकममा चम्किए यी कम्पनी, सर्वाधिक किनबेच
ncell

काठमाडौं । सेयर बजारमा पछिल्लो समय देखिएको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ। मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा सीमित भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा १ करोड ४० हजार कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ४ अर्ब १० करोड ९७ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको मूल्य घटेको छ। यस्तै, १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

मंगलबार सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। क्रेष्ट माइक्रो लाइफको १४.९५ प्रतिशत, नाडेप लघुवित्तको ६ प्रतिशत, एभरेष्ट कलरको ५.७१ प्रतिशत र कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य ५.५६ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरि, मकर जितुमाया सुरी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९० करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

रिलायन्स स्पिनिङ मिल्स्को १७ करोड ७१ लाख, सोलु हाइड्रोपावरको १३ करोड ७६ लाख, सुपर मादी हाइड्रोपावरको १२ करोड ८५ लाख, रिडी पावरको १२ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्रमा अधिकांश कम्पनीको सेयर मूल्य घटेसँगै बजारमा बिक्री चाप कायम रहेको देखिएको छ। कारोबार रकम ४ अर्बभन्दा माथि रहे पनि नेप्से परिसूचकमा भने गिरावट आएको हो।

यो समाचार शेयर गर्नुहोस्
4.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?