National life

मौद्रिक नीतिको प्रभाव नेप्सेमा, यी कम्पनीका लगानीकर्ता भए मालामाल

कुल कारोबार रकम ४ अर्ब ४० करोड रुपैयाँ नाघेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२३ असार २०८३, मङ्गलबार
3.3kShares
मौद्रिक नीतिको प्रभाव नेप्सेमा, यी कम्पनीका लगानीकर्ता भए मालामाल
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति जारी गर्नै लाग्दा सेयर बजारमा सुधारको संकेत देखिएको छ । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सकारात्मक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.५७ अंकले वृद्धि हुँदै २,६५१.६८ विन्दुमा पुगेको छ, जुन ०.९३ प्रतिशतको उकालो हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, ठूला तथा प्रभावशाली कम्पनीहरूको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले बढेर ४६०.६१ विन्दुमा पुगेको छ।

आज बजारमा ३५२ कम्पनीका ९५ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४० करोड रुपैयाँ नाघेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको हो।

आज कारोबारमा सहभागी सबै १३ उपसमूहहरूमा वृद्धि देखिएको छ। व्यापार समूह सबैभन्दा बढी १.८९ प्रतिशतले उकालो लाग्यो। बैंकिङ, विकास बैंक, हाइड्रोपावर लगायतका समूहहरूमा पनि सुधार देखिएको छ।

आजको कारोबारमा डिबेञ्चरहरू हावी देखिएका छन्। केबीएल डिबेञ्चर २०९० मा सबैभन्दा बढी कारोबार भएको छ। त्यसपछि कृषि विकास बैंक डिबेञ्चर २०८३, ग्लोबल आइएमई बैंक र गरिमा डिबेञ्चर २०८५ का कागजहरूमा उच्च कारोबार भएको छ।

आज कालंगा हाइड्रोपावरको सेयरमूल्यमा मात्रै उच्चतम वृद्धि (अपर सर्किट) लागेको छ। अन्य केही हाइड्रो र लघुवित्त कम्पनीहरूको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ।

यता आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्। साथै स्नो रिभर्स र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयरमूल्य पनि घटेको छ।

समग्रमा बजारमा आज लगानीकर्ताको मनोबल केही मजबुत भएको संकेत देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
3.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?