काठमाडौं । लामो समयपछि सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक ४४.५९ अंकले उकालो लाग्दै २६५२.९३ बिन्दुमा पुगेको हो।
आजको कारोबारमा कुल ९५ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा करिब ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
बजारमा सकारात्मक माहोल देखिँदा २५२ कम्पनीका सेयर मूल्य बढेका छन् भने १७ कम्पनीको घटेको छ। ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
यस दिन केही कम्पनीहरूले उल्लेखनीय वृद्धि हासिल गरेका छन्। स्नो रिभर्स, सिवाईसी लघुवित्त, बुजुङ हाइड्रो, कुथेली बुखेरी स्मल हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरका सेयर मूल्य दोहोरो अंकको दरमा उक्लिएका छन्।

































