National life

नेप्से दोहोरो अंकले उकालो, यी कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण

सेयर बजारमा चमक: कारोबार ४ अर्ब नाघ्यो, अधिकांश कम्पनीमा वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३१ असार २०८३, बुधबार
3.7kShares
नेप्से दोहोरो अंकले उकालो, यी कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण
ncell

काठमाडौं । नेपाली सेयर बजारमा आज सकारात्मक माहोल देखिएको छ। साताको मध्य दिन बुधबार नेप्से परिसूचक १४ अंकले बढेर २५९०.२९ अंक विन्दुमा आइपुगेको हो।

आज बजारमा उल्लेख्य कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कुल ८४ लाख ६९ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम करिब ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

बजारको प्रवृत्ति हेर्दा धेरैजसो कम्पनीहरूको सेयर मूल्य बढेको देखिन्छ। आज १९५ कम्पनीको मूल्यमा वृद्धि हुँदा ६० कम्पनीमा गिरावट आएको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेको छ।

विशेषगरी केही डिबेन्चर र विकास बैंकहरूमा उल्लेख्य वृद्धि देखिएको छ। एनएमबी डिबेन्चर, नारायणी डेभलपमेन्ट बैंक, सागर डेष्टिलरी, थ्री स्टार हाइड्रोपावर र मन्जुश्री फाइनान्स डिबेन्चरमा लगानीकर्ताको आकर्षण बढेको छ।

कारोबारको हिसाबले भने हिमालयन बैंक डिबेन्चर अगाडि देखिएको छ, जसमा ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि आरबीबीएल डिबेन्चर, एनआईसी एसिया डिबेन्चर, सिद्धार्थ बैंक र आँखुखोला जलविद्युत कम्पनीमा पनि उच्च कारोबार भएको देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
3.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?