काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.६३ अंकले बढ्दै २७०२.११ बिन्दुमा पुगेको छ।
आज कुल १ करोड ९ लाख २२ हजार कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बजारमा ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको घटेको र १६ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ।
आजको कारोबारमा एपोलो हाइड्रोपावर १४.९९ प्रतिशत, सोपान फर्मास्युटिकल्स १४.०२ प्रतिशत, सपोर्ट माइक्रो फाइनान्स ९.०८ प्रतिशत, रिलायन्स फाइनान्स ६.७२ प्रतिशत र गुराँस लघुवित्त ४.५५ प्रतिशतले मूल्य वृद्धि भएका प्रमुख कम्पनी रहेका छन्।

































